बुधबार, भदौ १०, २०८३

लमजुङमा भूकम्पले पुर्‍यायो क्षति (फोटो फिचर)

लमजुङ केन्द्रबिन्द बनाएर आज बिहान ५:४२ मा गएको ५.८ म्याग्निच्युटको भूकम्पले केही स्थानमा क्षति पुर्‍याएको छ। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - लमजुङ केन्द्रबिन्द बनाएर आज बिहान ५:४२ मा गएको ५.८ म्याग्निच्युटको भूकम्पले केही स्थानमा क्षति पुर्‍याएको छ। 

लमलुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलका अनुसार चनौतेमा घर भत्किएर एक महिला घाइते भएकी छन्। यस्तै रामचोकमा पनि एक महिला घाइते भएको उनले बताए। घरको बार्दलीबाट आत्तिएर हाम फाल्दा एक जना बेहोस् भएको उनले बताए।

उनका अनुसार अहिले तीनै जनाको सामुदायीक लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अहिले आफूहरू फिल्डमा खटिएको र १० घर भत्किएको बिवरण प्राप्त भएको सीडीओ लुईलेटलले बताए। भूकम्पले पुर्‍याएको विस्तृत क्षतिको बिवरण संकलन भइरहेको उनले बताएका छन्।

बिहान गएको भूकम्पको धक्का काठमाडौंलगायत देशका विभिन्न ठाउँमा महसुस गरिएको थियो।

२०७२ वैशाख १२ गते गएको भूकम्प यता लगातार पराकम्प जाने क्रम अझै रोकिएको छैन।

प्रकाशित: May 19, 2021| 02:11 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।