सोमबार, चैत ९, २०८२

ज्वरो आउँदा यस्तो गल्ती गर्नु हुँदैन

ज्वरो आउनुलाई केही मानिसले सामान्य र केही मानिसले गम्भीर रूपमा लिने गर्छन्। यस्तो अवस्थामा दुवै प्रकारका मानिसले ध्यान दिनुपर्छ। केही मानिसले औषधि दिँदा गल्ती गरिरहेका हुन्छन्। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

ज्वरो आउनुलाई केही मानिसले सामान्य र केही मानिसले गम्भीर रूपमा लिने गर्छन्। यस्तो अवस्थामा दुवै प्रकारका मानिसले ध्यान दिनुपर्छ। केही मानिसले औषधि दिँदा गल्ती गरिरहेका हुन्छन्। 

National life

जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा असरगर्छ। र, यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेगर्छ। यस्ता लापरबाहीले पटक-पटक ज्वरो आउने र सर्दी लाग्ने जोखिम पनि हुन्छ।

गर्मी मौसममा मानिस एयरकन्डीशनमा सुत्ने गर्छन्। ज्वरो आइरहेको समयमा यस्तो गल्ती गर्नु हुँदैन। एयरकन्डीशनमा सुत्दा शरीरको तापक्रम घट्ने गर्छ। यसले नाक र घाटीमा असर गर्छ। लामो समयसम्म चिसो वातावरणमा सुत्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। एयर कन्डिशनमा सुत्दा बिहानसम्म फेरी ज्वरो आउने जोखिम हुन्छ।

ज्वरो आउँदा मानिसले सरसफाइमा ध्यान दिँदैनन्। यस्तो अवस्थामा पटक-पटक ज्वरो आउने सम्भावना हुन्छ। त्यसैले ज्वरो आउँदा आफ्नो बिस्तारा, ट्वाइलेट आदि सफा राख्नुपर्छ। धेरै मानिसले ज्वरो आउँदा नुहाउँदैनन्। ज्वरो आउँदा शरीरबाट पसिना निस्किन्छ। जसबाट खराव जीवाणु निस्किन्छन्। त्यसैले नुहाएर फ्रेस हुनुपर्छ।

केही मानिसमा ज्वरो आउँदा हाछ्यु आउँछ। यस्तो अवस्थामा सफा रुमाल वा कुनै सफा कपडाले मुख छोप्नुको साटो मानिस हातले मुख छोप्ने गर्छन्। हाछ्यु आउँदा हातले मुख छोपेको खण्डमा त्यो हातले कुनै पनि चिजलाई छुनु हुँदैन। 

Laxmi sunrise bank
kumari

ज्वरो आउँदा खानपानमा ध्यान दिनुपर्छ। धेरै मानिसले कुनै पेटको समस्यासँग ज्वरोको सम्वन्ध छ भन्ने कुरामा ध्यान नै दिइरहेका हुँदैनन्। त्यसैले ज्वरो आएको समयमा तेलमा तारेका निकै पोषिला खानेकुरा कम खानुपर्छ। किनकि यस्ता खाने कुरा पचाउन धेरै शक्ति खर्च हुन्छ। त्यसैले हल्का खाने कुरा खानुपर्छ। जसलाई सहजै पचाउन सकियोस्। यसका साथै चिसा खानेकुरा त खानु नै हुँदैन।

प्रकाशित: May 19, 2021| 01:28 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्