बुधबार, भदौ १०, २०८३

स्वास्थ्य सामग्री पठाउँदै स्विजरल्यान्ड

स्विजरल्यान्डले कोरोना भाइरसविरुद्वको लडाइँमा साथ दिँदै नेपाललाई यसै साता बिभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– स्विजरल्यान्डले कोरोना भाइरसविरुद्वको लडाइँमा साथ दिँदै नेपाललाई यसै साता बिभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ। 
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मंगलबार भएको टेलिफोन संवादमा नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागेको जानकारी दिएकी हुन्।

राजदूत क्यापिलरका अनुसार स्विजरल्यान्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो। स्वास्थ्य सामग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्विस राजदूत क्यापिलरले जानकारी दिइन्। चार्टर्ड फ्लाइटको खर्च पनि स्विस सरकारले नै व्यहोर्ने भएको छ। 

प्रकाशित: May 18, 2021| 16:23 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।