सोमबार, चैत ९, २०८२

पोखराका विद्यालयले असार एक गतेबाट नयाँ भर्ना लिन पाउने

पोखरा महानगरपालिकाले विद्यालय स्तरका परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयको वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कनबाट सञ्चालन गर्ने जनाएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– पोखरा महानगरपालिकाले विद्यालय स्तरका परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयको वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कनबाट सञ्चालन गर्ने जनाएको छ।

National life

नगरभित्रका विद्यालयमा असार एक गतेबाट नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया अगाडि बढाउन महानगरस्थित सम्पूर्ण विद्यालयहरुलाई सुचित गरेको हो।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हुँदा सोहि बमोजिम विद्यालयहरुले सञ्चालन गर्ने शैक्षिक सत्र २०७७ का वार्षिक परीक्षाहरु कोभिड १९ को महामारीका कारण भौतिक उपस्थितिमा सञ्चालन गर्न सम्भव नदेखिएकाले विद्यालयले यस पूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक एवं आन्तरिक मूल्याङकनका आधारमा विद्यार्थीको मूल्याङकन गरी वार्षिक नतिजा प्रकाशन गर्ने र शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना संवन्धी कार्य आषाढ एक गतेबाट मात्र सुरु गर्ने गरी निर्णय भएको महानगरले सूचनामार्फत जनाएको हो।

यसका साथै महानगरले कक्षा ८ को वार्षिक परीक्षा सम्वन्धमा नगर स्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी पुनः सूचना प्रकाशन गर्ने जनाएको छ।

प्रकाशित: May 18, 2021| 13:23 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्