बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा ५१ आईसीयू बेड र ६५ वटा भेन्टिलेटर खाली [ हेर्नुस् सूची ]

काठमाडौंमा ५१ आईसीयू बेड र ६५ वटा भेन्टिलेटर खाली [ हेर्नुस् सूची ]

निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आईसीयू र भेन्टिलेटर खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडाैं-  काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा मंगलबार ५१ वटा आईसीयू बेड र ६५ वटा भेन्टिलेटर खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितका लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आईसीयू र भेन्टिलेटर खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो।

मन्त्रालयका वीर अस्पतालमा २० वटा आईसीयूमध्ये १४ वटामा बिरामी छन् भने ६ वटा खाली छन्। त्यस्तै १० वटा भेन्टिलेटरमध्ये ६ वटामा मात्रै संक्रमित छन् भने बाँकी ४ वटा भेन्टिलेटर खाली छन्।

त्यस्तै वीर अस्पताल ललितपुरमा २६ वटा आईसीयूमध्ये २० वटामा बिरामी छन् भने ६ वटा खाली छन्। त्यस्तै १७ वटा भेन्टिलेटरमध्ये १३ वटामा मात्रै संक्रमित छन्।

सिभिल अस्पताल बानेश्वरमा २४ वटा आईसियूमध्ये १३ वटामा बिरामी छन् भने ११ वटा खाली। त्यस्तै ३ वटा भेन्टिलेटरमध्ये ३ वटै भेन्टिलेटर खाली छन्। 

त्यस्तै भक्तपुर  अस्पताल भक्तपुरमा ८ वटा आइसियूमध्ये ८ वटैमासंक्रमित छन् भने ८ वटा भेन्टिलेटरमध्ये २ वटामा मात्रै संक्रमित छन्। नेपाल मेडिसिटी अस्पतालमा सबै आईसियू संक्रमितले भरिएका छन् भने ३० वटा भेन्टिलेटरमध्ये ६ वटामा मात्रै कोरोना संक्रमित छन्।

नेपाल मेडिसिटीमा २४ वटा भेन्टिलेटर खालि छ। मनमोहन अस्पताल स्वयम्भुमा १७ वटा आईसियुमध्ये ९ वटा खाली छन् भने ३ वटै भेन्टिलेटरमा संक्रमित भर्ना भएका छन्। नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा २० वटा आईसियुमा २० वटै संक्रमितले भरिएका छन् भने १० वटा भेन्टिलेटरमध्ये ६ वटा भेन्टिलेटर खालि छन्। 

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा पनि १७ वटा आइसियु तथा ८ वटा भेन्टिलेटर खालि छन्। किष्ट अस्पताल ग्वार्कोमा १२ वटै आइसियूमा बिरामीले भरिएका छन् भने १२ वटा भेन्टिलेटरमध्ये ४ वटा भेन्टिलेटर खालि छन्। 

कुन अस्पतालमा कति बिरामी?


 

प्रकाशित: May 18, 2021| 13:09 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।