मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग–व्यवसाय कोभिड–१९ दोस्रो लहरको चपेटामा : राष्ट्र बैंक

उद्योग–व्यवसाय कोभिड–१९ दोस्रो लहरको चपेटामा : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले गत वर्ष असारमा ४.१ प्रतिशत मात्रै उद्योग व्यवसाय सञ्चालनमा रहेकामा पछिल्लो समय बढ्दै गइरहेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत जानकारी गराएको छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले गत वर्ष असारमा ४.१ प्रतिशत मात्रै उद्योग व्यवसाय सञ्चालनमा रहेकामा पछिल्लो समय बढ्दै गइरहेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत जानकारी गराएको छ। 

कोभिड १९को पहिलो लहरले बन्द रहेका उद्योग व्यवसाय विस्तारै सञ्चालनमा आउन थालेका थिए। गत मंसिरमा ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका उद्योग व्यवसाय १४ वैशाख २०७८ सम्म ८१.२ प्रतिशत सञ्चालनमा रहेका आइसकेका थिए। 

फेरि कोभिड १९को दोस्रो लहर फैलिँदै गएपछि गत १६ वैशाखदेखि निषेध आदेश जारी गरिएको छ। योसँगै उद्योग व्यवसाय संचालनमा पनि संकुचन आएको र चालु आर्थिक वर्षमा ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न पनि कठिन हुने राष्ट्र बैंकले उल्लेख गरेको छ।
 

प्रकाशित: May 18, 2021| 11:41 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्