सोमबार, चैत ९, २०८२

त्रिविमा परीक्षा नै नलिई माथिल्लो तहको कक्षा सञ्चालन

परीक्षा सञ्चालन हुने नसके पनि पठनपाठन जारी राख्न अनलाइन माध्यमबाट माथिल्लो तहको कक्षा सञ्चालन गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– कोरोना महामारीका कारण तोकिएको मितिमा परीक्षा सञ्चालन हुन नसकेपछि त्रिभुवन विश्वविद्यालयले माथिल्लो तहको पठनपाठन सुरु गरेको छ। परीक्षा सञ्चालन हुने नसके पनि पठनपाठन जारी राख्न अनलाइन माध्यमबाट माथिल्लो तहको कक्षा सञ्चालन गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। 

National life

सिकाइ प्रक्रिया नरोकियोस भनेर सहजीकरण गरेको र परिस्थिति अनुकूल भएपछि परीक्षा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा बसेको नियन्त्रक जोशीको भनाइ छ। यसअघि सेमेस्टर प्रणालीका विद्यार्थीको मात्र कक्षा सञ्चालन भएकोमा अब वर्षिक प्रणालीका विद्यार्थीको पनि अनलाइन माध्यमबाट कक्षा सुरु भएको छ

जोशीलले भने, ‘स्नातक र स्नातकोत्तर तहको सेमेस्टर र वार्षिक प्रणाली दुवैतिरको कक्षा सञ्चालन अनलाइन माध्यमबाट सम्भव भएको ठाउँमा सञ्चालन गर्ने र परिस्थिति अनुकूल भएपछि परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेका छौं। परीक्षा सञ्चालन कसरी गर्ने भन्ने विषयमा यही शुक्रबार बस्ने बैठकले निर्णय गर्छौ।’

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको पठनपाठन अनलाइन माध्यमबाट सञ्चालन गर्ने तयारी गरेको छ। वार्षिक प्रणालीको पठनपाानठ अनलाइनबाट त्यति प्रभावकारी बनेको छैन। इन्टरनेट र अन्य प्रविधिको सहज पहुँच हुन नसकेका कारण विद्यार्थी पनि सीमित मात्र उपस्थित हुने गरेका छन्। 

अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह देखिएपछी यसलाई मिलाउन पनि अघिल्लो समूहका विद्यार्थीलाई परीक्षा नै नलिई दोस्रो वर्षको अध्यापन सुरु गरिएको हो। पुरानो पहिलो वर्षको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित गरिएको थियो। स्नातक तहका नयाँ विद्यार्थीको पनि चैतदेखि पठनपाठन सुरु भएको छ।

Laxmi sunrise bank
kumari

पुराना स्नातक तह प्रथम वर्षका विद्यार्थी भर्ना भएको १९ महिना भइसकेको छ। उनीहरूको समय खेर जान नदिन दोस्रो बर्षको अध्यापन सुरु गरिएको हो।

प्रकाशित: May 18, 2021| 09:48 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्