बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • प्रेम सम्बन्धबारे छानबिन भएपछि माइक्रोसफ्ट छाडेका थिए बिल गेट्सले?

प्रेम सम्बन्धबारे छानबिन भएपछि माइक्रोसफ्ट छाडेका थिए बिल गेट्सले?

माइक्रोसफ्टका संस्थापक तथा विश्वका चौथो धनी बिल गेट्स फेरि चर्चामा आएका छन्। २० वर्ष पुरानो प्रेम सम्बन्ध र कम्पनीकी महिला कर्मचारीसँगको अन्तरंग क्रियाकलापलाई लिएर बिल चर्चामा आएका हुन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– माइक्रोसफ्टका संस्थापक तथा विश्वका चौथो धनी बिल गेट्स फेरि चर्चामा आएका छन्। २० वर्ष पुरानो प्रेम सम्बन्ध र कम्पनीकी महिला कर्मचारीसँगको अन्तरंग क्रियाकलापलाई लिएर बिल चर्चामा आएका हुन्।

National life

मे पहिलो साता पत्नी मेलिन्डा गेट्ससँगको २७ वर्ष लामो सम्बन्धमा पूर्णविराम लगाएका बिल गेट्सले पुरानो प्रेम सम्बन्धका कारण कम्पनीको बोर्ड निर्देशकबाट राजीनामा दिएको खबर बाहिरिएको छ।

बोर्ड निर्देशकबाट राजीनामा दिँदा बिल गेट्समाथि अनुसन्धान भइरहेको थियो। अनुससन्धान टुङ्गोमा नपुग्दै  उनले राजीनामा दिएका थिए। माइक्रोसफ्ट कम्पनीले उनको व्यवहारमा परिवर्तन हुँदै गएपछि उनीविरुद्ध जाँच सुरु भएको थियो।

कम्पनीले एक कानुन व्यवसायीसँग मिलेर जाँच सुरु  गरेको र उनीविरुद्ध जाँचको माग गर्नेलाई भरपुर सहयोग गरेको बताएकोे छ। तर बिल गेट्सका प्रवक्ताले भने उनी  विरुद्ध लगाइएका सबै आरोप गलत भएको बताएका छन्। उनले  बिल गेटसको राजीनामासँग कुनै पनि कुरा नजोडिएको जानकारी दिएका छन्।

सोमबार माइक्रोसफ्टका एक प्रवक्ताले बिल गेट्सले सन् २०१९को अन्तिम महिनामा एक महिला कर्मचारीसँग अन्तरंग सम्बन्ध बनाउन चाहेको कुरा बाहिर आएको बताएका छन्। ‘बोर्ड समितिले बिल गेट्सबारे बाहिर आएको कुरालाई गम्भीरताका साथ लिँदै उनीविरुद्ध आएका आरोपबारे अध्ययन अनुसन्धान गर्न कानुन व्यवसायीको सल्लाह लिइएको थियो,’ प्रवक्ताले भनेका छन्।

Laxmi sunrise bank
kumari

बिलबिरुद्ध उजुरी दिएका कर्मचारीलाई माइक्रोसफ्टले भरपुर सहयोगसमेत गरेको छ। तर, उनीविरुद्ध लगाइएको आरोप भने पुष्टि हुन सकको छैन। आरोप पुष्टि हुनु अगावै बिलले राजीनामा दिइसकेका थिए। कम्पनीको बोर्डबाट राजीनामा दिएपनि उनले बिल एण्ड मेलिन्डा फाउन्डेसनलाई अधिक समय दिने बताएका थिए।

‘माइक्रोेसफ्टको बोर्डबाट हट्नु भनेको कम्पनीबाट हट्नु होइन, कम्पनी मेरो जिन्दगीको महत्वपूर्ण हिस्सा रहने छ। कम्पनी अझै प्रगति गरोस् र दुनियाँभर लाभ पुर्याउन सकोस्। म पहिलेभन्दा बढी आशावादी छु,’ बिलले भनेका थिए। उनले सामाजिक कामलाई समय दिन नसकेको भन्दै कम्पनीबाट राजीनामा दिएका थिए।

उनले कम्पनी आफ्नो जिन्दगीको अहम् हिस्सा भएकोे भन्दै  तत्कालिन सिइओ सत्या नाडेला र अन्य अधिकारीको सल्लाहकारका रुपमा काम गरिरहने बताएका थिए। आइतबार वाल स्ट्रिट जर्नलले बिल गेट्सको एक महिला कर्मचारीसँग अनुचित सम्बन्ध भएको भन्दै बोर्डले पदबाट राजीनामा दिनुपर्ने दबाब दिएको उल्लेख गरेको छ।

बिल गेट्सकी प्रवक्ताले उनको प्रेम सम्बन्ध भए पनि २० वर्ष पहिले नै आपसी सहमतिमा समाप्त भएको बताएकी छिन्। ‘गेट्सको राजीनामासँग अन्य कुनै कारण छैन। उनले सामाजिक कार्यलाई समय दिन नसकेको भन्दै राजीनामा दिने बताइसकेका थिए,’ उनले भनेकी छिन्। बिल गेट्स र उनका प्रवक्ताले बिलको कुनै पनि कर्मचारीसँग सम्बध नभएको जिकिर गरेका छन्।

फोर्ब्सका अनुसार ६७ वर्षका बिल गेट्स विश्वका चौथा धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति १२४ बिलियन अमेरिकी डलर छ। बिलले सन् १९७० को दशकमा माइक्रोसफ्टको स्थापना गरेका थिए।


 
 

प्रकाशित: May 18, 2021| 09:05 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।