बिहीबार, फागुन २८, २०८२

भारतमा एकैदिन ५० चिकित्सकको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ५० चिकित्सकको मृत्यु भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ५० चिकित्सकको मृत्यु भएको छ। इन्डियन मेडिकल एशोसिएसनले सोमबार भारतभर संक्रमणका कारण ५० जना चिकित्सकले ज्यान गुमाएको जनाएको छ।

National life

कोरोना भाइरसको दोस्रो लहरले सर्वसाधारण मात्रै नभई स्वास्थ्यकर्मीसमेत नराम्ररी संक्रमित भई ज्यान गुमाइरहेको एशोसिएसनले बताएको छ।

भारतभर कोरोनाको दोस्रो लहरमा परी २४४ जना चिकित्सकको ज्यान गइसकेको छ। भाइरसको पहिलो लहरमा भारतभर ७३६ जना डाक्टरले ज्यान गुमाएका एशोसिएसनको तथ्यांक छ। भारतभर भाइरसको पहिलो र दोस्रो लहरमा गरी अहिलेसम्म ९८० जना चिकित्सकको मृत्यु भइसकेको छ।

मेडिकल एशोसिएसनले भाइरसका कारण सर्वसाधारण मात्रै नभई अग्रभागमा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मीको समेत ठूलो संख्यामा ज्यान गएकोमा चिन्ता व्यक्त गरेको छ। 

दैनिक मृत्युमा भारतको नयाँ रेकर्ड

 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 18, 2021| 06:50 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।