बुधबार, भदौ १०, २०८३

एमाले कार्यदलको पहिलो बैठक बस्दै

सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। 

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट संयोजक रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले पहिलो बैठक बस्ने जानकारी दिए। उनका अनुसार दिउँसो ३ बजे बैठक बस्न लागेको छ। 

कार्यदलले पार्टी एकताकै पक्षमा सहमति खोज्ने उनको भनाई छ। कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे केही खुलेको छैन। ओलीको तर्फबाट कार्यदलका सदस्य रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दाङ छन्। 

यसअघि सोमबार नै कार्यदलको बैठक बस्ने तय थियो तर, माधव झलनाथ पक्षका कार्यदल संयोजक भीम रावलको आँखाको समस्याका कारणले बस्न सकेको थिएन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच–पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो।

प्रकाशित: May 18, 2021| 06:19 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।