बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीविरुद्ध मुद्दाको पेशी प्रधानन्यायाधीशले राखे आफ्नै बेन्चमा

प्रधानमन्त्रीविरुद्ध मुद्दाको पेशी प्रधानन्यायाधीशले राखे आफ्नै बेन्चमा

शपथ र गैर सांसदलाई मन्त्री बनाएको कार्य बदरको माग राख्दै प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध दायर रिटहरूको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा तोकेका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - शपथ र गैर सांसदलाई मन्त्री बनाएको कार्य बदरको माग राख्दै प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध दायर रिटहरूको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा तोकेका छन्।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्रराज ढकालले प्रधानन्यायाधीशको इजलासमा पेशी तोकिएको जानकारी दिए। 

अधिवक्ता चन्द्रकान्त ज्ञवाली, सन्तोष भण्डारी, नवराज अधिकारी र अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए। 

रिटको सुनुवाइ सुरु भइसकेको छैन। रिटमा प्रधानमन्त्रीले शपथ लिँदा केही शब्द नै उच्चारण गर्न नपर्ने भनेकोले यो शपथ पूर्ण नभएकाले तत्काल पुनः शपथ लिनु भनि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। 

सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री ओलीले पुनः शपथ लिनुपर्ने छ। संघीय कानुन बनाएर शपथको व्यहोरा तोक्न पनि रिट निवेदकहरूको माग दाबी रहेको छ। 

त्यस्तै संघीय संसदको सदस्य नभए पनि प्रतिनिधि सभाको एउटै कार्यकालमा पटक पटक मन्त्री बनाइएको भन्दै उनीहरूको नियुक्ति पनि बदर गर्न माग गरिएको छ।

प्रकाशित: May 18, 2021| 06:09 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।