बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाजा क्षेत्रमा युद्धविराम गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

गाजा क्षेत्रमा युद्धविराम गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

न्युयोर्क - अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग राष्ट्रपति बाइडेनले यस्तो आग्रह गरेका हुन्। 

राष्ट्रपति बाइडेनले गाजा क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले इजिप्टलगायतका देशसँग पनि छलफल गरिरहेको बताएका थिए। 

ह्वाइट हाउसले जारी गरेको वक्तव्यअनुसार राष्ट्रपति बाइडेनले निर्दोष नागरिकलाई सुरक्षा प्रदान गर्न सबै किसिमको प्रयास गर्न इजरायली प्रधानमन्त्री नेतान्याहूलाई आग्रह गरेका हुन्। 

'इजरायलले गाजा क्षेत्रमा युद्धका गतिविधि चलाइरहेको हमासविरुद्धका कारबाहीबारे दुई नेताहरूले छलफल गरेका छन्,' ह्वाइट हाउसको वक्तव्यमा उल्लेख छ, 'राष्ट्रपति बाइडेनले युद्धविरामलाई समर्थन हुने र इजिप्टलगायतका साझेदार देशसँग हिंसा अन्त्यका लागि अमेरिकाको भूमिकाबारे धारणा राखेका थिए।'

इजरायलले भने हिंसा भड्काउने र मानिस मार्ने आफूहरूको नियत नभएको दाबी गरेको छ। 

गाजा क्षेत्रमा विगत दुई सातायता हिंसा भड्किएको छ। हिंसामा परी हालसम्म कम्तीमा पनि २१२ जनाको मृत्यु भइसकेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। मृत्यु हुनेमा ६१ जना बालबालिकासमेत छन्। 

अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा गाजा क्षेत्रमा युद्धविरामसम्बन्धी प्रस्तावलाई भने समर्थन गरेको छैन। परिषद्‍मा प्रस्ताव आएपनि अमेरिकाले समर्थन नगरेको यो तेस्रोपटक हो।

प्रकाशित: May 18, 2021| 06:05 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।