सोमबार, चैत ९, २०८२

जेठ र असारमा चार लाखभन्दा बढी अक्सिजन सिलिन्डर खपत हुने

अक्सिजनको व्यवस्थापन सहज गर्न सरकारले ‘अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८’ जारी गरेको छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - अक्सिजनको व्यवस्थापन सहज गर्न सरकारले ‘अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८’ जारी गरेको छ। 

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार सो मापदण्ड जारी गरेको हो। 

मापदण्डअनुसार आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने क्रिटिकल बिरामी, एचडीयूमा राखी उपचार गर्नुपर्ने जटिल बिरामी र अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीको समूह छुट्याई अक्सिजन दिइने व्यवस्था मिलाइएको छ। 

मापदण्डअनुसार आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने क्रिटिकल बिरामीका लागि प्रतिमिनेट १० लिटरका दरले प्रतिदिन १४ हजार लिटर अक्सिजन आवश्यक पर्दछ। एचडीयूका बिरामीलाई प्रतिमिनेट आठ लिटरका दरले प्रतिदिन १२ हजार लिटर अक्सिजन चाहिन्छ भने अक्सिजन चाहिने अरू सामान्य संक्रमितहरूलाई भने प्रतिमिनेट चार लिटरका दरले प्रतिदिन ६ हजार अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ। 

मन्त्रालयका अनुसार १० जना बिरामीलाई १० जना बिरामीलाई आईसीयूमा राखी उपचार गर्दा प्रतिदिन एक लाख ४० हजार ४०० लिटर र २१ सिलिन्डर आवश्यक पर्छ भने ५० जना बिरामीलाई एचडीयूमा राख्दा प्रतिदिन पाँच लाख ९७ हजार ६०० लिटर र ८८ सिलिन्डर तथा १०० जना सामान्य बिरामीलाई अक्सिजन दिँदा प्रतिदिन पाँच लाख ७६ हजार लिटर अक्सिजन र ८५ सिलिन्डर आवश्यक पर्ने देखिएको छ। 

Laxmi sunrise bank
kumari

संक्रमितको अवस्था हेरी अक्सिजनको आवश्यकता पूर्ति गरिने मापदण्डमा उल्लेख गरिएको छ। कोरोना पोजिटिभ देखिएकामध्ये ८० प्रतिशत सामान्य, १० प्रतिशत संक्रमितलाई अक्सिजन चाहिन्छ भने सात प्रतिशत संक्रमित जटिल अवस्थामा पुग्ने र तीन प्रतिशत संक्रमितलाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने अनुमान सरकारको छ। 

सरकारले अस्पतालमा भर्ना भएका बिरामीको आधारमा जेठमा एक लाख ९० हजार र दुई लाख ३३ हजार सिलिन्डर खपत हुने अनुमान गरेको छ। यसरी जेठ र असारमा चार लाख २३ हजार अक्सिजन सिलिन्डर खपत हुने जनाएको छ।

प्रकाशित: May 18, 2021| 05:59 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्