सोमबार, जेठ ४, २०८३

सात दिन अक्सिजन पुग्ने गरी मौज्दात राख्न अस्पताललाई निर्देशन

 कोभिड अस्पतालहरूले कम्तीमा सात दिनलाई पुग्ने गरी अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

National life

काठमाडौं - कोभिड अस्पतालहरूले कम्तीमा सात दिनलाई पुग्ने गरी अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालद्वारा जारी विज्ञप्तिमा मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धि मापदण्डमा पालना गर्दै एक हप्तालाई पुग्ने गरी अक्सिजन मौज्दात राख्न निर्देशन दिइएको हो।

बिरामीलाई अक्सिजनको अभाव हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचार गरिरहेका अस्पतालहरूले बेड संख्याका आधारमा कम्तीमा सात दिनका लागि पुग्ने अक्सिजन मौज्दात राख्नुपर्ने जनाएको हो।
 
दर्तावाल चिकित्सकको सिफारिस र स्वास्थ्यकर्मीको निगरानीमा मात्रै अक्सिजनको प्रयोग गर्न पाउने गरी मापदण्ड बनाइएको मन्त्रालयले बनाएको छ।

मन्त्रालयले जेठमा १ लाख ९० हजार र असारमा २ लाख ३३ हजार सिलिण्डर चाहिने बताएको छ। त्यसका लागि जेठ र असारमा कुल असारमा कूल २८ करोड ७५ लाख ६ हजार ८३७ लिटर अक्सिजन आवश्यक पर्ने मन्त्रालयको अनुमान छ।

प्रकाशित: May 18, 2021| 05:48 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्