बुधबार, भदौ १०, २०८३

जेठभन्दा असारमा संक्रमित बढी हुने सरकारको अनुमान

सरकारले जेठ महिनामा एक लाख भन्दा धेरै कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमााडौं - सरकारले जेठ महिनामा एक लाख भन्दा धेरै कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी जारी गर्दै जेठ महिनामा एक लाख ७५४ नयाँ संक्रमित थपिने जनाएको छ। जसमध्ये ८० प्रतिशत अर्थात् ८० हजार ६०३ जनालाई अक्सिजन मात्रै दिनुपर्ने आकलन गरिएको छ। 

त्यस्तै १० प्रतिशत अर्थात् १० हजार ७५ जनालाई एचडीयू र तीन प्रतिशत अर्थात तीन हजार २३ जनालाई आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने अनुमान मन्त्रालयको छ।

मन्त्रालयको असार महिनाको प्रक्षेपण जेठको भन्दा धेरै छ। प्रक्षेपणअनुसार असारमा एक लाख २३ हजार २६० जना संक्रमित हुनेछन्। 

असारमा ९८ हजार ६०८ जनालाई सामान्य अक्सिजन चाहिन सक्छ भने १२ हजार ३२६ जनालाई अक्सिजनसहित अस्पतालमा भर्ना गर्नुपर्ने देखिन्छ। 

त्यस्तै आठ हजार ६२८ जनालाई एचडीयु र तीन हजार ६९८ जना संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने मन्त्रालयको प्रक्षेपण छ।

प्रकाशित: May 18, 2021| 05:33 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।