काठमाडौं- जुन १४ देखि रुसमा सुरु हुने विश्वकपले यश कुमार निकै उत्साहित छन् । खेल प्रेमीलाई बाधिरहने जादुयी खेल फुटबलको क्रेजले यतिखेर विश्वलाई तरङ्गित बनाइरहेको छ । यश कुमार मेस्सीको फ्यान हुन् । रोसारियो अर्जेटिनाका नियोनेल आन्द्रेस मेस्सीको फुटबलको जादुले धेरैलाई मोहित पार्छन् ।
मेस्सीले गोल हान्नु र बल घुमाउनु हर कसैलाई जादुयी लाग्छ । गायक, नायक, निर्मातासमेत रहेका यश कुमार ब्राजिल र युरोपका खेलाडीबाट पनि प्रभावित छन् । पोर्चुगलका खेलाडी क्रिष्टियना रोनाल्डो पनि उत्तिकै मन पराउछन् ।
उनी भन्छन्, ‘विश्वकपले फुटबलप्रतिको क्रेजलाई सधै यथावत राखिरहन्छ ।’
यश कुमार युरोप भ्रमणको एक घटना सम्झन्छन्, आफुले कफि पिइरहेको क्याफेमा एक क्लबको स्टीकर टाँसेको रहेछ । अर्को क्लबको फ्यानले रिसमा स्टीकर च्यात्न लाग्दा झगडा भएको देखेछन् । त्यो झगडाले खेल र खेलाडीको मोह कति हुन्छ भन्ने देखाउछ । हामी जसको फ्यान भएपनि आपसमा मिलेर हेर्नुपर्छ भन्ने यश कुमारको तर्क छ ।
उनी भन्छन्, ‘विश्वकपले टिर्सट मात्रै लगाउने ध्यान गराउदैन, यसले त नेपाली खेललाई माथि उठाउन पर्छ भन्न कुरामा उर्जासमेत भरिदिन्छ ।’ खेलहरुमा विशेष मानिने फुटबल आफँैमा आनन्ददायी हुन्छ । त्यसैमा यि सेलिब्रेटीका लागि खेलले थप कुरा सिकाउछ ।
राम्रो खेल खेल्ने खेलाडीले यशलाई बढी छुन्छ । रफ खेलेर चलाखी गरेको उनी रुचाउदैनन् । आफू टिसर्ट लगाउदै नहिडेपनि खेलप्रतिको क्रेज एकदमै भएको बताउछन् ।
मिडियाले विश्वकपको आकर्षिणमा रंग भरेको तर्क गर्छन । कुनै क्याफ अथवा रेष्टुरेन्टमा साथीभाइसँग बसेर विश्वकपको प्रत्यक्ष मजा लिने उनको योजना छ । उनी भन्छन्, ‘ग्यादरिङ्गमा बसेर हेर्ने सोंच छ ।’
‘बुद्ध वाज वर्न इन नेपाल’ को टिसर्ट लगाएर हिडेका यश कुमार आफ्नो मन परेको खेलाडीको टिसर्ट लगाउने बताउँछन् । आफूले मन पराएको खेलाडीको खेल जुनसुकै हालतमा पनि हर्ने उनको संकल्प छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४