शनिबार, साउन ९, २०८३

आठ करोड डोज भ्याक्सिन विदेश पठाउँदै अमेरिका

अमेरिकाले आठ करोड डोज भ्याक्सिन विभिन्न देशमा पठाउने भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

न्यूयोर्क - अमेरिकाले आठ करोड डोज भ्याक्सिन विभिन्न देशमा पठाउने भएको छ।

राष्ट्रपति जो बाइडेनले सोमबार ट्विट गर्दै आठ करोड डोज कोभिडविरुद्धको भ्याक्सिन विभिन्न देश पठाउने तयारी गरिएको जानकारी दिएका हुन्। 

'विश्वभर महामारी नियन्त्रण नभएसम्म अमेरिका पूर्ण रूपमा सुरक्षित हुँदैन,' राष्ट्रपति बाइडेनको ट्विटमा लेखिएको छ, 'त्यसैले आगामी ६ हप्ताभित्रमा हामीले विभिन्न देशमा आठ करोड डोज भ्याक्सिन पठाउने घोषणा गर्दैछु।'

भ्याक्सिन उत्पादक कम्पनीले भ्याक्सिन निर्माणपछि लगत्तै विभिन्न देशबाट अर्डर लिएका थिए। त्यसबेला अमेरिकाले ठूलो परिणाममा भ्याक्सिन अर्डर गरी आफ्नो देशमा लगेको थियो।

अमेरिकी नागरिकलाई लगाएर बढी हुने भ्याक्सिन विभिन्न देशमा पठाउन लागिएको हो। यद्यपि बाइडेनले कुन देशका कति भ्याक्सिन पठाउन लागिएको भन्ने चाहिँ खुलाएका छैनन्। 

पर्याप्त स्टोर गरेर पनि अभाव भएका देशमा अमेरिकाले भ्याक्सिन पठाउन ढिलाइ गरेको भन्दै विश्व समुदायले आलोचना गर्न थालेको थियो।

 

प्रकाशित: May 18, 2021| 05:21 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।