मंगलबार, साउन १९, २०८३

पोखरा विश्वविद्यालयमा ३ जना डिन र परीक्षा नियन्त्रक नियुक्त

पोखरा विश्वविद्यालयले तीन जना डिन र एक जना परीक्षा नियन्त्रक नियुक्त गरेको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं- पोखरा विश्वविद्यालयले तीन जना डिन र एक जना परीक्षा नियन्त्रक नियुक्त गरेको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले मंगलबारदेखि लागू हुने गरी स्कुल अफ इञ्जिनियरिङका सह–प्राध्यापक राजेशकुमार ठगुराठीलाई विज्ञान तथा प्रविधि संकायको डिन, स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सका सहप्राध्यापक डा. अमर नागिलालाई स्वास्थ्य विज्ञान संकायको डिनमा नियुक्त गरेको हो।

यस्तै स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इञ्जिनियरिङका सहप्राध्यापक डा. अजय थापा मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त भएका छन्।  परीक्षा नियन्त्रक पदमा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सका सहप्राध्यापक डा .तुलसीराम भण्डारी नियुक्त भएका छन्।

पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २७ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी उपदफा ३ बमोजिम पदाधिकारी नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ। नवनियुक्त पदाधिकारीको कार्यकाल ४ वर्षको हुनेछ। 

प्रकाशित: May 18, 2021| 05:01 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्