बुधबार, भदौ १०, २०८३

बुटवलमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ६ घण्टाको अन्तरमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

बुटवल - बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ६ घण्टाको अन्तरमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ४ जना मध्ये ३ जना रुपन्देहीका र एक जना अर्घाखाँचीका पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। 

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा सियारी–३ रुपन्देहीका २९ वर्षीय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७:२७ बजे मृत्यु भएको हो। 

यसैगरी खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति १२:४ बजे मृत्यु भएको डा. गौतमले बताए। यसैगरी जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे र बुटवल–१२ का ४० वर्षीय पुरुषको सोमबार साँझ ६ बजे प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो। रुपन्देहीमा कोरोना संक्रमितबाट  मृत्यु हुनेको संख्या २६५ पुगेको छ।

प्रकाशित: May 18, 2021| 04:49 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।