मंगलबार, साउन १९, २०८३

सुरक्षाको माग गर्दै मणिपालका कर्मचारी आन्दोलनमा

कोभिड विरामीको उपचार गर्दा सुरक्षाको माग गर्दै मणिपाल अस्पताल पोखराका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

पोखरा - कोभिड विरामीको उपचार गर्दा सुरक्षाको माग गर्दै मणिपाल अस्पताल पोखराका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। 

स्वतन्त्र कर्मचारी युनियनको नेतृत्वमा एक सय भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएको युनियनका अध्यक्ष नवराज भण्डारीले नेपाल समयलाई जानकारी दिए। 

‘हामीलाई आवश्यक पर्ने स्वास्थ्य तथा सुरक्षा सामग्रि छैन,’ उनले भने, ‘यस्तो पाराले कसरी काम गर्न सकिन्छ?’ उनका अनुसार ड्युटीमा रहेका बाहेक सबै कर्मचारीले अस्प्ताल बाहिर प्रदर्शन गरिरहेका छन्। 

उनीहरूले अस्पताल प्रशासनले कोभिडका बिरामीको उपचार गर्ने तथा प्रयोगशालामा काम गर्नेहरूलाई अस्पताल परिसरमै आवासको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। ‘हामी दिनभरी अस्पतालमा काम गरेर घर जाँदा परिवार र टोल समेत असुरक्षित हुने देखियो,’ भण्डारीले भने, ‘त्यसैले कोभिड उपचार अवधिको लागि सम्म आवश्यक व्यवस्था गरिनुपर्छ।’ 

अस्पतालका अनुसार अहिले मणिपालमा ४५ जना कोभिडका बिरामीले उपचार गराइरहेका छन्।

प्रकाशित: May 18, 2021| 04:02 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्