बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब शव व्यवस्थापनको सामग्री कर्णाली प्रदेश अस्पताल आफैंले किन्ने

अब शव व्यवस्थापनको सामग्री कर्णाली प्रदेश अस्पताल आफैंले किन्ने

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड-१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा चाहिने सामग्री आफैंले किन्ने भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

सुर्खेत - कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड-१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा चाहिने सामग्री आफैंले किन्ने भएको छ। यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो। 

शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरूबाट आएपछि अब उप्रान्त प्रदेश अस्पताल आफैंले मट्टितेल, कैँची, डोरी, प्लाष्टिकलगायतका आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। 

उनले भने, ‘उपचारका क्रममा कोरोना सङ्क्रमितहरूको मृत्युले आफन्त शोकाकुल हुन्छन्। त्यही बीचमा शव व्यवस्थापनको सामग्री किन्न लगाउँदा झन् पीडा थपिएको महसुस गरेका छौं। शोक र निषेधाज्ञाको अवधिमा झन् दुःख दिने काम भएकाले अस्पताल प्रशासनले आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य गरिदिएको छ।’

आफ्ना प्रियजनको मृत्युले दुःखमा रहेका परिवार तथा आफन्तजनले निषेध आदेशको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु त्यत्तिकै चुनौतीपूर्ण भएकाले अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने सूचना जारी गरेको छ। अब कोरोना सङ्क्रमणबाट आफन्त गुमाएर शोकमा डुबेका र आर्थिक अभाव भएका परिवारलाई राहत मिल्ने बताइएको छ। रासस

प्रकाशित: May 18, 2021| 03:35 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।