बुधबार, भदौ १०, २०८३

कोरोना संक्रमित सप्तकोशीकी उपमेयरको मृत्यु

सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

सप्तरी - सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ। विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष केदार साहले जानकारी दिए। 

चौधरीलाई यसअघि कोरोना संक्रमण भएको पुष्टि भएको थियो। सुरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको र पछि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल लगिएको थियो। 

अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मंगलबार बिहान ४ बजेतिर उपमेयर चौधरीको मृत्युको भएको वडाध्यक्ष साहले बताए। उपमेयर चौधरीलाई अस्पताल भर्ना गरिएको १५ दिनभन्दा बढी भएको समेत साहको भनाइ छ।

प्रकाशित: May 18, 2021| 03:00 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।