बुधबार, भदौ १०, २०८३

‘अक्सिजन अभावको कारक कालोबजारी र सरकार’

त्रिवि शिक्षण अस्पताल सघन उपचार विशेषज्ञ प्रा.डा. सुवास आचार्यले अक्सिजनमा खुलेआम कालोबजारी भइरहेको बताएका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - त्रिवि शिक्षण अस्पताल सघन उपचार विशेषज्ञ प्रा.डा. सुवास आचार्यले अक्सिजनमा खुलेआम कालोबजारी भइरहेको बताएका छन्। अक्सिजन प्लान्टमा अर्कैको नियन्त्रण रहेको भन्दै उनले त्यहाँका कामदारको मिलेमताेमा कालोबजारी भइरहेको बताएका हुन्। 

‘हामी अक्सिजन प्लान्ट हेर्न गयौं, त्यहाँ अर्कैले कन्ट्रोल गरिरहेको छ,’ उनले कान्तिपुर टेलिभिजनमा प्रसारित फायरसाइड कार्यक्रममा भने, ‘खुलेआम कालोबजारी भइरहेको छ, यस विषयमा अक्सिजन व्यवसायीलाई सोध्दा उहाँहरूले मेरो कन्ट्रोलमा छैन भन्नुहुन्छ।’

त्यस्तो कार्यलाई स्वास्थ्य मन्त्रालय र सीसीएमसीलगायत सरोकारवाला निकायले नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। 

‘म के भन्न चाहान्छु भने घरमा अक्सिजन चाहिन्छ भने १-२ लिटरसम्म मात्रै हो। यदि ठूलो सिलिन्डर किनेर राख्नु भयो भने एक-दुई टिक्छ, त्यसपछि तपाईं जाने भनेकै अस्पताल हो। त्यसैले अनावश्यक  अक्सिजन सिलिन्डर घरमा नथुपार्दिनुहाेला।’ 

‘महामारीका बेला सैनिक राखेर भए पनि २४ सै घण्टा अक्सिजन प्लान्टहरू फंसनिङ गर्नुपर्‍यो नि,’ उनले भने, ‘निर्णय मात्रै गरेर हुँदैन, कार्यान्वयन पनि गर्नुपर्छ। कोटा १५० तोकिएको हुन्छ, पाइन्छ २५ वटा। त्यस्तै ३०० वटा कोटा तोकेकोमा ४०–४५ वटा पाइने गरेको छ।’

अझ अक्सिजन प्लान्टमा स्थानीय सरकारका प्रतिनिधिहरू बस्ने गरेको भन्दै उनले भने, ‘उहाँहरूले वडावडामा अक्सिजन पुर्‍याउनु भएको छ, पहुँच भएका मान्छेहरूको घरघरमा अक्सिजन सिलिन्डर छ।’

उनले अक्सिजन सिलिन्डरका विषयमा नागरिकहरू चेतना फैलाउन नसकिएको बताए। ‘म के भन्न चाहान्छु भने घरमा अक्सिजन चाहिन्छ भने १–२ लिटरसम्म मात्रै हो,’ उनले भने, ‘यदि ठूलो सिलिन्डर किनेर राख्नु भयो भने एक–दुई टिक्छ, त्यसपछि तपाईं जाने भनेकै अस्पताल हो।’ 

अहिले अक्सिजन भए पनि पुग्छ भन्ने भ्रम रहेको भन्दै त्यो सँगसँगै अन्य औषधि पनि चलाउनुपर्ने हुनाले अक्सिजन घरघरमा नथुपार्दिन उनले सबैमा अनुरोध गरे। 

‘कुनै पनि देशमा लकडाउनमा ट्राफिक लाइट बाल्नु पर्दैन, तर यहाँ ट्राफिक लाइट बाल्नु परेको छ। बाटोमा हेर्नु भयो भने जाम छ, मास्क नलाइकन मान्छेहरू हिँडेका छन् , सामाजिक दूरी कायम भएको छैन।’

यस्तै उनले स्वास्थ्य मन्त्रालय र सीसीएमसीको द्वन्द्वकै कारण अक्सिजन सिलिन्डरको समस्या भएको बताएका छन्। ‘उहाँहरू कसैको कुरा सुन्नुहुन्न, डिसिजन मेकिङ क्यापासिटीको कमी छ,’ उनले भने, ‘आज एउटा कुरा आउँछ, त्यो निर्णय गरिन्छ। फेरि सोही विषयमा भोलि अर्कै, पर्सि अर्कै निर्णय गरिन्छ। पहिले सीसीएमसीले अक्सिजन सिलिन्डरको व्यवस्था गर्ने भनियाे, फेरि पछि स्वास्थ्य मन्त्रालयले आफैं गर्ने भनेर भनियो।’ 

स्वास्थ्य मन्त्रालय जिम्मेवार र बलियो हुने हो भने सीसीएमसीको जरुरी नभएको पनि डा. आचार्य बताउँछन्। ‘सीसीएमसी दुई वर्ष अघि त थिएन। स्वास्थ्य मन्त्रालयले बलियो नभएकै कारणले सीसीएमसी बन्यो। त्यसले पनि प्रभावकारी काम गर्न सकेको छैन,’ उनले भने।  

‘लकडाउन प्रभावकारी नभए संक्रमणदर बढ्छ’

प्रा.डा. आचार्यले लकडाउन प्रभावकारी भएन भने संक्रमण दर बढ्ने बताएका छन्। 

‘कुनै पनि देशमा लकडाउनमा ट्राफिक लाइट बाल्नु पर्दैन, तर यहाँ ट्राफिक लाइट बाल्नु परेको छ,’ उनले भने, ‘बाटोमा हेर्नु भयो भने जाम छ, मास्क नलाइकन मान्छेहरू हिँडेका छन्, सामाजिक दूरी कायम भएको छैन।’

अझै १४ दिन प्रभावकारी लकडाउन भए मात्रै संक्रमणदर घट्ने पनि उनको भनाइ छ। 

‘हामीलाई यही समयमा बिहे गर्नु परेको छ। वैशाख २४ गते जति पनि बिहेमा सहभागी भएका थिए, तिनका परिवार नै संक्रमित भएर आएको देखिन्छ,’ उनले भने, ‘समुदायमास्तरमा संक्रमितहरू पहिचान गर्नुपर्‍यो, आइसोलेट र कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ। त्यसो भए मात्रै संक्रमणदर घटाउन सकिन्छ।’ 

सातै प्रादेशिक अस्पताल, काठमाडौंको टिचिङ, पाटन, वीर, सैनिक, एपीएफ र प्रहरी अस्पतालमा ५०० शय्याको ‘डेडिकेटेड’ अस्पताल बनाउन सकिए उपचारमा सहजता आउने उनको भनाइ छ। त्यसका लागि परीक्षाको तयारी गरिरहेका मेडिकल विद्यार्थीहरूलाई खटाउन सकिने पनि उनको सुझाव छ।

प्रकाशित: May 18, 2021| 02:50 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।