बुधबार, भदौ १०, २०८३

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

हुम्ला - सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको छ। पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा संक्रमि सङ्ख्या दैनिक बढ्दै गएको छ। 

खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको छ। नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण गरिएको छैन। जसले गर्दा त्यहाँ संक्रमित भेटिएका छैनन्।

हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना संक्रमण पुष्टि भएको हो। एघार जना संक्रमण मुक्त भइसकेका छन्। हालसम्म ताँजाकोटमा ९८ जनामा परीक्षण गर्दा २९ मा संक्रमण पुष्टि भएको छ। 

अदानचुलीमा २० जनामा परीक्षण गर्दा सात, सर्केगाड गाउँपालिकामा ७४ मा ११ तथा चङ्खेली गाउँपालिकामा सोमबार मात्रै ४४ जनामा परीक्षण गर्दा आठमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए। यस्तै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा गरिएको परीक्षणमा हालसम्म २० जनामा संक्रमण देखिएको थियो। 

जिल्लाका स्थानीय तहले आफ्ना मातहतका गाउँमा बिरामी संख्या बढेपछि आफ्नै खर्चमा एन्टिजेन किट खरिद गरी कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन्। जिल्लामा पहिलो पटक नेपालगञ्ज र सुर्खेतबाट आएका आठ यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। 

त्यसयता दैनिकरूपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गरिरहेको र सङ्क्रमित फेला पर्ने क्रम बढिरहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए। रासस

प्रकाशित: May 18, 2021| 01:59 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।