सोमबार, चैत ९, २०८२

डिप्रेशनबाट जोगिन के खाने?

देशमा कोरोना संक्रम तीव गतिमा बढिरहेको छ। दिनहुँ हुने संक्रमण र  मृत्युका खबरले मानिस आत्तिन सक्छन्। यस्तो बेलामा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनु आवश्यक छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

देशमा कोरोना संक्रम तीव गतिमा बढिरहेको छ। दिनहुँ हुने संक्रमण र  मृत्युका खबरले मानिस आत्तिन सक्छन्। यस्तो बेलामा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनु आवश्यक छ। 

National life

दिनहुँ आउने नकारात्मक खबरबाट मुडलाई फ्रेस राख्नुपर्छ। स्वास्थ्य विशेषज्ञका अनुसार हाम्रो खानपान र मुडबीच गहिरो सम्बन्ध हुन्छ। मुडलाई स्थिर राख्ने सेरोटोनिन हार्मोनको ९० प्रतिशत मनमा हुन्छ। न्यूरोट्रान्समिटरको माध्यमबाट त्यो तत्व हाम्रो मस्तिष्कमा पुग्छ। त्यसैले सेरोटोनिन उत्पादन बढाउने खानेकुरा खानुपर्छ। जसले मस्तिष्कलाई फ्रेस राखुन्।

मस्तिष्कलाई स्वास्थ राख्नका लागि फलफूलको बढी सेवन गर्नुपर्छ। ओमेगा-३, जिङ्‍क, भिटामिन बी-१२, म्याग्निशियम, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट, भिटामिन डी र आइरन मस्तिष्कका लागि निकै महत्वपूर्ण पोषक तत्व हुन्। 

हामीले दैनिक दुई केराको सेवन गर्नु राम्रो मानिन्छ। यसमा ट्रिप्टोफैन हुन्छ। जसले सेरोटोनिनमा परिवर्तित भएर मस्तिष्कलाई ठिक राख्न मद्दत गर्छ।

डार्क चक्लेटलाई पनि मुड फ्रेस राख्न राम्रो मानिन्छ। डार्क चक्लेजको सेवनले हामी शान्त तथा खुशी महसुस गर्छौ। डार्क चक्लेटले एन्डोर्फिनको उत्पादनलाई बढाउँछ। यो रसायनले मस्तिष्कमा खुशी र आनन्दको भावना उत्पन्न गर्छ। यसका अलावा डार्क चक्लेट मस्तिष्कमा रक्त प्रवाहलाई पठाउँछ। जसले मस्तिस्कमा सुन्नीने समस्या हुँदैन।

Laxmi sunrise bank
kumari

ओखर तथा बदाम काजुमा ट्रिप्टोफन नामको एमिनो एसिड हुन्छ। यसले सेरोटोनिन उत्पादलाई बढाउँछ। फर्किको बिया, तिल र सुर्यमुखीको बीउ, बदाम, काजु, ओखरमा एमिनो एसिड पाइन्छ। कोरोनाको समयमा यसको सेवन निकै राम्रो मानिन्छ।

पालंगले पनि मुड फ्रेस राख्छ। पालंग म्याग्निशियमको उच्च स्रोत हो। यसले सेरोटोनिनलाई बढाउँछ। जुन मानिसमा म्यागेशियमको कमी छ उनीहरूमा डिप्रेशन वा हडबडाहट हुने जोखिम हुन्छ। त्यसैले पालंग खाँदा त्यो समस्याबाट छुटकारा पाउन सकिन्छ। 

यसका अलावा सुन्तला, कागती, अमिला फलफूलको सेवन गर्नुपर्छ। भिटामिन सी पाइने फलफूलले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। प्रसोधन गरिएको मासु, ज्यादा तारिएको खाना, जंक फुल, बोसो युक्त खानेकुरा कम खानुपर्छ। यस्ता खानेकुराले  शरीरमा विषाक्त चिजको उत्पादन गर्छन्। यसले हाम्रो रोग प्रतिरोधात्मक क्षेमता कमजोर हुन्छ।

प्रकाशित: May 18, 2021| 01:52 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्