सोमबार, चैत ९, २०८२

भारतले सार्वजनिक गरेको कोरोना औषधिले कसरी गर्छ काम?

भारतीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले डीआरडीको मुख्यालयमा आयोजित कार्यक्रममा औषधि सार्वजनिक गरेका थिए।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - पछिल्लो समय भारतसँगै नेपाल पनि कोरोनाको दोस्रो लहरबाट आक्रान्त छ। यही बिचमा भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडी) ले कोरोना प्रतिरोधात्मक औषधि उत्पादन गरेको दावी सहित मंगलबार सार्वजनिक गरेको छ।

National life

भारतीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले डीआरडीको मुख्यालयमा आयोजित कार्यक्रममा औषधि सार्वजनिक गरेका थिए।

भारतको ड्रग्स कन्ट्रोलरबाट डीआरडीले बनाएको औषधिको भारतमा आपतकालिन अनुमति दिइएको छ। यो औषधिलाई ल्यावको सहायतामा बनाइएको बताइएको छ। जसको नाम २-डीअक्सी-डी-ग्लुकोज (२-डीजी) राखिएको छ।

यो औषधिले शरीरमा अक्सिजन लेवल घट्न नदिने र स्वास्थ्यमा क्रमित रुपमा सुधार हुँदै जाने दावी गरिएको छ। औषधि उत्पादक कम्पनीले ट्रायल गरिएका व्यक्तिमा तिब्रगतिमा स्वास्थ्य सुधार भएको पाइएको थियो। अक्सिजन लेवल कम रहेका बिरामीमा अध्ययन गर्दा उनीहरूमा तीव्र सुधार देखिएको दावी गरिएको छ।

गत वर्षबाट डीआरडीले यस औषधीको चिकित्सकीय प्रयोगका लागि पहल गरेको थियो। २०२० अप्रिलमा इन्टिट्युट अफ न्यूक्लियर मेडिसिन एन्ड अलाइड साइन्सेस (आईएनएमएएस) र डीआरडीले सेन्टर फर सेल्यूलर एन्ड मलिक्यूलर बायोलोजी (सीसीएमबी) सँग मिलेर यो औषधि प्रयोग गरेका थिए। यो औषधिले कोरोना संक्रमण बढ्नबाट रोक्नेसमेत दावी गरिएको छ।

Laxmi sunrise bank
kumari

पहिलो चरणको ट्रायल नतिजाको आधारमा भारतीय औषधि नियन्त्रकले २-डीजीको दोस्रो क्लिनिकल ट्रायलका लागि २०२० मेमा अनुमती दिइएको थियो। यसमा कोरोनाका ११० बिरामीमा औषधिको ट्रायल गरिएको थियो। जसमा औषधि सुरक्षित पाइएको थियो। त्यसपछि २०२० डिसेम्बर देखि २०२१ मार्चसम्म २२० जनामा औषधीको ट्रायल गरिएको थियो।

डीआरडीका अनुसार यो औषधिको प्रयोगपछि शरीरमा भाइरसद्वारा संक्रमित कोशिका भित्र जम्मा हुने बताएको छ। त्यसपछि भाइरस सिन्थसिस र इनर्जी प्रोडक्शनको रोकेर संक्रमण बढ्नबाट नियन्त्रण गर्ने बताइएको छ।

यो औषधि पाउडरमा रुपमा रहने र पानीमा घोलेर खान सकिने डीआरडीले जनाएको छ। अक्सिजन अभाव भएर गम्भीर रहेका बिरामीले यो औषधि सेवन गर्दा निकै प्रभावकारी हुने बताइएको छ। भारतमा यो औषधिको निर्माण डा. रेड्डीज लैबोरेट्रीजले गर्नेछन्। एजेन्सीको सहयोगमा

प्रकाशित: May 18, 2021| 01:22 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्