बिहीबार, फागुन २८, २०८२

मुम्बईमा 'ताउते' चक्रवातले मच्चायो वितन्डा (तस्बिरसहित)

भारतको महाराष्ट्रको राजधानी मुम्बईमा चक्रवती तुफान 'ताउते' को असर देखिएको छ। महानगरमा सोमबार बिहान तीव्रगतिमा हावाका साथै पानी परेको थियो।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - भारतको महाराष्ट्रको राजधानी मुम्बईमा चक्रवाती तुफान 'ताउते' को असर देखिएको छ। महानगरमा सोमबार बिहान तीव्रगतिमा हावाका साथै पानी परेको थियो।

National life

तीव्रगतिको हावाका कारण थुप्रै ठाउँमा ठूला-ठूला रुख ढलेका थिए। जसले गर्दा सवारी सधानमा क्षति पुगेको थियो। चक्रवतको तीव्रतालाई लिएर सोमबार साँझ ६ बजेसम्मका लागि एयरपोर्ट बन्द गरिएको थियो।

भारत मौसम विज्ञान विभाग (आईएमडी) ले रायगढ, पालघर, मुम्बई ठाणे र रत्नागिरी जिल्लामा हावाको बेग प्रति घन्टा ९० देखि १०० किटोमिटरको बेगमा चलेको बताएको थियो। 

भारतीय सञ्चारमाध्यमका अनुसार रत्नागिरी, सिन्धुदुर्ग र रायगढ जिल्लाका तटिय क्षेत्रका १२ हजार ४२० जनालाई सुरक्षित स्थानमा लगिएको थियो।

Laxmi sunrise bank
kumari

भारतीय मौसम विज्ञान विभाग पुणेका पर्यावरण अनुसन्धान र सेवा एसआईडी प्रमुख के एस होसालिलकरले ट्वीटरमा ताउते चक्रवत निकै तीव्र गतिमा रहेको बताएका थिए। उनले मुम्बईमा प्रतिघन्टा १६० किलोमिटर, गुजरातमा २९० किलोमिटर रफ्तारमा रहेको बताएका थिए। अमर उजालाबाट

प्रकाशित: May 18, 2021| 00:51 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।