बुधबार, भदौ १०, २०८३

उपनिर्वाचनमा थापालाई मतदान गर्न एमालेको ह्विप

एमालेले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई मत दिन ह्विप जारी गरेको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- एमालेले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई मत दिन ह्विप जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र बागमती प्रदेशअन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखलाई मतदान गर्न भन्दै ह्विप जारी गरेका हुन्।

जेठ ६ गते बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिह्न सूर्यमा मतदान निर्देशन दिइएको छ। बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपनिर्वाचन जेठ ६ गते हुँदै छ।

बागमती प्रदेशसभा र स्थानीय तहमा नेकपा एमालेको एकल बहुमत छ। पार्टीको ह्विप अनुसार मतदान भएपछि थापाको जित सुनिश्चित हुनेछ। राप्रपाले पनि थापालाई नै मत दिने निर्णय गरिसकेको छ।उपनिर्वाचनमा विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले डा‍. खिमलाल देवकोटालाई अघि सारेका छन्।

प्रकाशित: May 17, 2021| 16:17 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।