बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा १ हजार १४० कोरोना संक्रमित थपिए

प्रदेश १ मा सोमबार १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

विराटनगर- प्रदेश १ मा सोमबार १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। २ हजार २७० जनाको पीसीआर परीक्षण गर्दा ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२,  इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, तेह्रथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मोरङको विराटनगरमा १२६ महिला र १६६ पुरुष सहित २९२, सुनबर्षीमा ४९, बेलबारीमा २०, रंगेली र मिक्लाजुङमा ७–७, उर्लाबारीमा ५, जहदामा ४, धनपालथान र पथरीशनिश्चरेमा ३–३,  कटहरी, बुढीगंगा, सुनबर्षी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रतुवामाई र कानेपोखरीमा १–१ जना थपिएका छन्।

यस्तै झापाको भद्रपुरमा ८४, विर्तामोडमा ३९, अर्जुनधारामा २५, मेचीनगरमा २३, दमकमा २२, शिवसताक्षीमा २१, बुद्धशान्तिमा २०, कनकाईमा १८, कचनकवल र गौरादहमा ४–४, कमल गाउँपालिकामा ३, हल्दिबारी र बाह्रदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका १५ जनामा कोरोना पुष्टि भएको छ।

सुनसरीको इटहरीमा ८२, धरानमा ७२, बराहक्षेत्रमा ४३, इनरुवामा ९, देवानगञ्जमा ७,  कोशी गाउँपालिकामा ४, गढी र बर्जुमा ३–३, भोक्राहानरसिंह, रामधुनी र दुहवीमा २–२,  हरिनगरमा १, स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा २०, चौविसेमा १४, साँघुरीगढीमा १३, महालक्ष्मीमा १०, पाख्रिवासमा ४, छथरमा १, संखुवासभाको चैनपुरमा २६, मकालुमा १५ र खाँदबारीमा १ जनामा कोरोना पुष्टि भएको छ।
इलामको चुलाचुलीमा १४, इलाम नगरपालिकामा ९, सुर्योदयमा १ र स्थानीय तह नखुलेका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

पाँचथरको फिदिममा २०, ताप्लेजुङको फुङलिङमा १६, मैवाखोलामा २, श्रीजंगामा १, तेह्रथुमको मेन्छयायममा ९, म्याङलुङमा ३, फेदापमा १, उदयपुरको त्रियुगामा ५, स्थानीय तह नखुलेका १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४५ हजार ३६४ पुगेको छ। संक्रमित भएकामध्ये ३१ हजार ६० संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १३ हजार ६३८ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: May 17, 2021| 14:59 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।