बुधबार, भदौ १०, २०८३

पर्वतारोहीलाई सुरक्षित रहन आग्रह

विभागकी निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिसन एजेन्सीलाई अनुरोध गरेकी हुन्।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं– पर्यटन विभागले पर्वतारोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ। मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ।

पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात उठेका  कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो। विभागकी निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिसन एजेन्सीलाई अनुरोध गरेकी हुन्।

अहिले धेरै आरोही आरोहणानुकूल मौमसको प्रतीक्षामा सगरमाथाको आधार शिविरमा छन्। गत वैशाख २४ देखि सगरमाथाको व्यावसायिक आरोहण सुरु भएको थियो।

यस मौसमी प्रणालीले सोमबार दिनभर देशका अधिकांश भागमा बदली गरायो। मंगलबारदेखि अझ असर पर्नेछ। चक्रवातको नेपालमा प्रत्यक्ष असर नरहे पनि अप्रत्यक्ष देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चक्रवात हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ। महाशाखाले  यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन आग्रह गरेको छ।

प्रकाशित: May 17, 2021| 14:53 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।