बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै केही साता संक्रमणको उच्च जोखिम छ : स्वास्थ्य मन्त्रालय

अझै केही साता संक्रमणको उच्च जोखिम छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै केही हप्ता अझै चुनौतीपूर्ण रहेकाले संयमित भई एकजुट भएर काम गर्न  सबैसँग आग्रह गरेको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं– सरकारले अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै रहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै केही हप्ता अझै चुनौतीपूर्ण रहेकाले संयमित भई एकजुट भएर काम गर्न  सबैसँग आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण छ। स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाइँमा लागिपर्दा पनि संक्रमण जति घटनुपर्ने हो त्यति घट्न सकेको छैन।' 

उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनीतिक कार्यको नाममा हुने ठूला जनमानस संक्रमणको कारण रहेको औंलाइएका छन्। कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण बढिरहेको उनको भनाइ छ। उनले निषेध आदेशको समयमा अझै पनि मानिस आवतजावत ५९ प्रतिशत मात्र कमी आएको भन्दै त्यसमा पूर्णतया रोक लगाउनुपर्नेमा जाेड दिए। 

मन्त्रालयका अनुसार मोरङ, काठमाडौं, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिममा छन्।

प्रकाशित: May 17, 2021| 14:14 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।