बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी : निजी अस्पताललाई ५० प्रतिशत कोभिड बिरामी राख्न निर्देशन 

लुम्बिनी : निजी अस्पताललाई ५० प्रतिशत कोभिड बिरामी राख्न निर्देशन 

लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन निजी अस्पताललाई थप कोरोना युनिट र कम्तीमा ५० प्रतिशत कोभिडका बिरामी राख्नुपर्ने नियम बनाएको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन निजी अस्पताललाई थप कोरोना युनिट र कम्तीमा ५० प्रतिशत कोभिडका बिरामी राख्नुपर्ने नियम बनाएको छ। 

प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले पदबहाली गरेको १२ औं दिन सोमबार भर्चुअल पत्रकार सम्मेलन गरी कोरोनाको नयाँ भेरियन्टले निम्त्याएको संकट समाधानमा निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताए। 

उनका अनुसार कोरोना संक्रमितको उपचारमा सरकारी अस्पतालका अतिरिक्त बेड नपाएका बिरामीका लागि निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुसँग कोभिड केयर युनिट सेवा सञ्चालनका लागि सम्झौता भएको छ। कोरोनाको हटस्पट बनेको रुपन्देहीस्थित देवदह मेडिकल कलेज, आम्दा अस्पताल र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कोभिड बिरामीको उपचार गर्ने गरी सम्झौता भएको मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठले लुम्बिनीका मेडिकल कलेजहरुमा कुल बेडको ५० प्रतिशत कोभिड बिरामी राख्न निर्देशन दिइएको बताए।

कोरोनाले लुम्बिनी प्रदेशको स्थिति निकै असहज भएको भन्दै यसमा सरकारको तर्फबाट सक्दो पहलकदमी भइरहेको उनको दाबी छ। ‘प्रदेशमा यो बीचमा अक्सिजनको अभावले उपचार प्रभावित भयो’ उनले भने, ‘अक्सिजन प्लान्ट जोड्ने तथा भारत र वीरगंजबाट अक्सिजन ल्याएर आपूर्ति गर्ने काम भइरहेको छ।’ 

उनले स्थानीय, प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्रै कोरोना नियन्त्रण गर्न सकिने बताए। उनका अनुसार प्रदेश सरकारले कोभिड १९ उपचार तथा नियन्त्रण कोषलाई भरपुर प्रयोग गरेको छ।

मन्त्रालयले मातहतका १० वटा अस्पताललाई १ करोड १५ लाख, १२ वटा स्वास्थ्य कार्यालयलाई ५/५ लाखका दरले ६० लाख, आयूर्वेदिक स्वास्थ्य संस्थालाई १४ लाख, भैरहवास्थित भीम अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि १५ लाख र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीलाई कोभिड १९ केयर युनिट र पूूर्वाधार विकासका लागि ५० लाख उपलब्ध गराएको छ।

यसैगरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई कोभिड नियन्त्रणका लागि अत्यावश्यक सामाग्री खरिद गर्न ५ करोडको स्रोत सुनिश्चता गरिएको सरकारले जनाएको छ। यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि किट्स र रिएजेन्ट व्यवस्थापनका लागि २० लाख उपलब्ध गराइएको उनले बताए। 

प्रकाशित: May 17, 2021| 14:10 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।