बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालको त्यो सूचना, जसले सुर्खेतमा ३ वटा अक्सिजन प्लान्टको योजना ल्यायो

अस्पतालको त्यो सूचना, जसले सुर्खेतमा ३ वटा अक्सिजन प्लान्टको योजना ल्यायो

अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न सक्दैनौँ भनेपछि सुर्खेतमा एकै दिन ३ वटा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा भएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

सुर्खेत- वैशाख ३१ गते राति पौने ८ बजेतिर प्रदेश अस्पताल सुर्खेतको सूचना सामाजिक सञ्जालमा भाइरल भयो। ‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको थियो। 

कोरोना महमारीको बेला अस्पतालले बिरामी भर्ना लिदैनौँ भनेपछि ठूलो आचोलना भयो। अस्पतालले संक्रमितलाई सूचना जारी गरेर त्रसित पारेको आरोप लाग्यो। जिल्ला प्रशासन कार्यालय, कर्णाली प्रदेश सरकार, जनप्रतिनिधि र आम सर्वसाधारणको आलोचनापछि २४ घण्टा नवित्दै प्रदेश अस्पतालले अर्काे सूचना जारी गर्‍यो। क्षमयाचना माग्दै जटिल प्रकृतिको संक्रमतिलाई उपचार गर्छाैँ भन्यो। 

तर सामाजिक सञ्चालमा प्रकाशित भएको सूचनाले मात्रै पुगेन। आइतबार अस्पतालले पत्रकार सम्मेलन गरेर दोहो¥यो ‘कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट भागेका छैनौँ। ‘सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले थप संक्रमितको उपचार सम्भव छैन भनिएको थियो’ प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले भने, ‘हाम्रो क्षमताले भ्याएसम्म उपचार गर्छाैँ, जिम्मेवारीबाट भाग्दैनौँ।’

परिणामतः उनले भनेजस्तै केही सकारात्मक सुधारको संकेत देखिएको छ। अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न सक्दैनौँ भनेपछि सुर्खेतमा एकै दिन ३ वटा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा भएको छ।

सुर्खेतमा कर्णाली प्रदेश सरकार, केन्द्र सरकार र चौधरी फाउण्डेशनले छुट्टाछुट्टै अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेका हुन्। आइतबार साँझ संघीय सरकारले कोरोना महामारीसँग जुध्न कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई १९ करोड बजेट उपलब्ध गराएको छ। जसमा प्रदेश अस्पतालमा तत्काल अक्सिजन प्लान्ट स्थापना, भेन्टिलेर र अन्य उपकरणका लागि बजेट माग गरेको थियो।

अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक र भेन्टिलेटरका लागि १२ करोड ८० लाख रुपैयाँ र सोही अस्पतालमा एचडीयू स्थापनाका लागि थप ६ करोड २५ लाख ४० हजार बजेट उपलब्ध गराउने भएको छ।

त्यस्तै आइतार साँझै कर्णाली प्रदेश सरकारले पनि सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने घोषणा गरेको छ। आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको गरेको हो। ‘एक महिनाभित्र सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्णय भएको छ’ प्रदेश सरकारका प्रवक्ता मन्त्री कुर्मराज शाहीले भने, ‘द्रुत गतिमा  प्लान्ट स्थापना गरिने छ।’ प्लान्ट सञ्चालनका लागि भने निजी क्षेत्रसँग सहकार्य गरिने छ।

जसका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ५ करोड ४५ लाख बजेटसमेत छुट्याएको छ। बजेटको व्यवस्थापन भइसकेका कारण जतिसक्यो चाँडो प्लान्ट सञ्चालनमा आउने सरकारको दाबी छ। प्लान्ट स्थापना तथा सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै आइतबार नै चौधरी फाउन्डेसनले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

दैनिक ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न मिल्नेगरी प्लान्ट सञ्चालनको प्रस्ताव गरको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए। ‘चौधरी पान्डेसनसँग अक्सिजन प्लान्ट सञ्चालन गर्ने प्रोसेस अगाडि बढेको छ’ सुवेदीले भने, ‘सायद छिट्टै सम्झौता होला।’

प्रकाशित: May 17, 2021| 13:08 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।