बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले थापालाई मत हाल्ने

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले थापालाई मत हाल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापालाई मतदान गर्ने भएको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापालाई मतदान गर्ने भएको छ। 

राप्रपाले गृहमन्त्रीसमेत रहेका थापालाई नै मतदान गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए। 

जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाका तर्फबाट प्रदेशसभामा दुईजना सदस्य र स्थानीय तहमा दुईजना प्रतिनिधि मतदाता छन्। यी जोड्दा राप्रपाको मत संख्या १३२ छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि राप्रपा अध्यक्ष कमल थापालाई टेलिफोन गरेर थापाका लागि मत मागेका थिए। 

राप्रपाले एमालेलाई आधिकारिक पत्रसमेत पठाएर उप निर्वाचनमा एमाले उम्मेदवार थापालाई नै मतदान गर्ने निर्णय गरिएको जानकारी दिएको थियो।

प्रकाशित: May 17, 2021| 12:52 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।