बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा संक्रमितको संख्या २ लाख नाघ्यो, १७ सय बढीको मृत्यु

उपत्यकामा संक्रमितको संख्या २ लाख नाघ्यो, १७ सय बढीको मृत्यु

उपत्यकाका तीनवटा जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- उपत्यकाका तीनवटा जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख नाघेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। अहिलेसम्म उपत्यकामा १ लाख ६७ हजार ९०५ जना संक्रमणमुक्त भएका छन्।

काठमाडौं जिल्लामा १ लाख ६५ हजार ३६४ जना संक्रमित भएका छन्। जसमध्ये १ लाख ३५ हजार ६४८ जना संक्रमणमुक्त भएका छन्। १ हजार १८९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। 

त्यस्तै भक्तपुरमा १६ हजार ४८० संक्रमितमध्ये ११ हजार ५२९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। भक्तपुरमा २३५ संक्रमितको मृत्यु भएको छ। 

ललितपुरमा पनि २८ हजार २१७ संक्रमितमध्ये २० हजार ७२८ जना संक्रमणमुक्त भएका छन् भने ३१८ संक्रमितको मृत्यु भएको छ। 

हाल काठमाडौंमा २८ हजार ५२७ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ५ हजार ७६ र ललितपुरमा ७ हजार १७१ सक्रिय संक्रमित छन्।

उपत्यकामा तीन जिल्लामा कुल १ हजार ७४२ संक्रमितको मृत्यु भएको छ।* हाल यहाँ जम्मा ४० हजार ७७७ जना सक्रिय संक्रमित छन्।

* सच्याइएकाे

प्रकाशित: May 17, 2021| 12:29 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।