आइतबार, वैशाख २७, २०८३

कोरोनाबाट दिल्ली विश्वविद्यालयका ३६ शिक्षकको मृत्यु

कोरोना संक्रमणका कारण भारतको दिल्ली विश्वविद्यालयका ३६ शिक्षककोे मृत्यु भएको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

National life

नयाँदिल्ली– कोरोना संक्रमणका कारण भारतको दिल्ली विश्वविद्यालयका ३६ शिक्षककोे मृत्यु भएको छ। 

दिल्ली विश्वविद्यालय शिक्षक संघका उपाध्यक्ष डा. आलोरञ्जन पाण्डेयले कोभिड–१९ का कारण एक महिनामा ३६ शिक्षकको मृत्यु भएको बताए।
‘महामारीका कारण एक महिनामा ३६ जना शिक्षको ज्यान गएको छ। कोरोनाबाट कुनै कलेज अछुतो छैन। हरेक कलेजबाट तीन तीन जनाको मृत्यु भएको छ’, पाण्डेले भनेका छन्।
कोरोनाबाट ज्यान गुमाएका शिक्षकका परिवारका सदस्यलाई विश्वविद्यालयले रोजगारी दिनुपर्ने भन्दै संघले कुलपति र शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। एएनआई

प्रकाशित: May 17, 2021| 12:01 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।