मंगलबार, साउन १९, २०८३

बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्र 

काठमाडौं विश्वविद्यालयले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिई सिट संख्या तोक्न चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- काठमाडौं विश्वविद्यालयले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिई सिट संख्या तोक्न चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।

पत्रमा विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले २२ देखि २६ वैशाख २०७८ मा बीएण्डसीको प्रारम्भिक निरीक्षण गरेर दिएको निरीक्षण प्रतिवेदनअनुसार उक्त कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्या लागि आयोगबाट आवश्यक निर्णय गरिदिन भनिएको छ।

जेठ २ (हिजो) काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगलाई पत्राचार गरेका हुन्।

काठमाडौं विश्वविद्यालयको ८९ औं बैठकले बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। हाल वैशाख ३१ मा बसेको कार्यकारी परिषद्को ६२५ औं बैठकले सिट संख्याका लागि सम्बन्धन दिने र सिट संख्या निर्धारणका लागि आयोग पत्र पठाउने निर्णय गरेको पत्रमा उल्लेख छ।

प्रकाशित: May 17, 2021| 12:07 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्