बुधबार, भदौ १०, २०८३

कोरोना संक्रमणबाट दाङका पत्रकारको मृत्यु

कोरोना संक्रमणबाट दाङका पत्रकार लक्ष्मण बस्नेतको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

बुटवल- कोरोना संक्रमणबाट दाङका पत्रकार लक्ष्मण बस्नेतको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो। 

दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि पत्रकारितामा सक्रिय थिए। दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरसमेत रहेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य थिए। ३२ वर्षीय पत्रकार बस्नेतको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले शोक वक्तव्य जारी गरि दु:ख व्यक्त गरेको छ। 

पत्रकार बस्नेतको निधनले लुम्बिनी प्रदेशले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महसुस भएको महासंघले जनाएको छ।  प्रदेश महासचिव विक्रम खड्काले शोक वक्तव्य जारी गरि स्वर्गीय पत्रकार बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

एक दिनअघि मात्रै पनि पत्रकार बस्नेतका पिताको सोही अस्पतालमा कोरोना संक्रमणकै कारण निधन भएको थियो  पत्रकार बस्नेतका पत्नी, एक छोरा र एक छोरी छन्।  कोरोनाकै कारण लुम्बिनी प्रदेशमा तीन पत्रकारको निधन भएको छ भने एक सयभन्दा बढी पत्रकार संक्रमित भएका छन्।

प्रकाशित: May 17, 2021| 11:54 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।