काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाबाट २१ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १९८ जनामा र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ। कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ। पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको मन्त्रालयले जनाएको छ।
सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। योसँगै हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ।