बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभाका उम्मेदवार देवकोटालाई मत दिन माओवादी केन्द्रको ह्विप

राष्ट्रियसभाका उम्मेदवार देवकोटालाई मत दिन माओवादी केन्द्रको ह्विप

जेठ ५ गते हुन गइरहेको बागमती प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई मतदान गर्न नेकपा माओवादी केन्द्रले ह्विप जारी गरेको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- जेठ ५ गते हुन गइरहेको बागमती प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई मतदान गर्न नेकपा माओवादी केन्द्रले ह्विप जारी गरेको छ। 

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सह इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र प्रदेशका संसदीय दलका नेता शालिकराम जमकट्टेलले विज्ञप्ति जारी गर्दै देवकोटाको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्। 

‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउनु हामी संघीयता पक्षधरहरुको दायित्य बन्न आउँछ, ‘संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले बागमती प्रदेशसभाका सबै सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै प्रमुख/अध्यक्ष र उप–प्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा.खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ।’

विज्ञप्तिमा रामबहादुर थापाले पार्टीको नीति, विधि र अनुशासन नमानी प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेकाले पार्टीले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेको उल्लेख गरिएको छ। 
बादलले नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गरेको थियो। त्यसपछि रिक्त रहेको सो स्थानमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो। 

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका अन्य पार्टीहरुको समर्थन र सहयोगमा एमालेको माधव नेपाल निकट डा. देवकोटालाई साझा उम्मेदवार बनाइएको थियो। पार्टीमा ओलीविरुद्ध समानान्तर कमिटी बनाइरहेका बेला देवकोटा उम्मेदवार बनाइए पनि अहिले भने विवाद समाधानको प्रक्रिया अघि बढेकाले माधव झलनाथ पक्षले अब कसलाई मतदान गर्छ भन्ने टुंगो लागिसकेको छैन।

एमाले एक भएर मतदान गरेमा अन्य दलकोभन्दा बढी मतदाता भएकाले बादल उपनिर्वाचन विजय हुने छन्।

प्रकाशित: May 17, 2021| 11:51 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।