सोमबार, चैत ९, २०८२

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले माग्यो २५ प्राध्यापक

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न तहका २५ प्राध्यापकको आवेदन खुला गरेको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न तहका २५ प्राध्यापकको आवेदन खुला गरेको छ।

National life

विश्वविद्यालयले सूचना जारी गर्दै विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पीएचडी र पोस्ट पीएचडी गरेका २५ जना प्राध्यापक, सह प्राध्यापक र उपप्राध्यापक पदमा आवेदन माग गरेको हो।

विश्वविद्यालयले एमयु प्राज्ञिक आश्रमअन्तर्गत पीएचडी र पोस्ट पीएचडी गरेका योग्य उम्मेदवारलाई आवेदन दिन सूचित गरेको छ।

विश्वविद्यालयले कर्णाली प्रदेशमा दिगो विकासको अवधारणासहित सक्षम जनशक्ति निर्माण गर्न अध्यापनमा नवीनता, उद्यमशीलता र औद्योगिक विकासलाई अघि बढाउन यस्तो जनशक्तिको आवश्यकता भएको जनाएको छ।

विश्वविद्यालयले विश्वविद्यालय शिक्षामा नयाँ आयाम ल्याउने र दक्ष जनशक्ति जसले स्वदेशमा नै विश्वस्तरीय प्रणालीको विकास गर्न योग्य पदाधिकारी तथा कर्मचारी आवश्यक हुने भएकाले यस प्रकारले जनशक्ति माग गरेको सूचनामार्फत् जनाएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 17, 2021| 11:32 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्