विराटनगर– झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
स्वासप्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो। उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।
खाम्याहाङको उपचारका क्रममा झापाको बिएन्डसी हस्पिटलमा सोमवार साढे ३ बजे निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए।
खाम्याहाङलाई वैशाख १७ गते उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो। संक्रमणपछि केही दिन आफ्नै क्वार्टरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ।