बुधबार, भदौ १०, २०८३

यात्रु ओसार्ने एम्बुलेन्स नियन्त्रणमा 

धनुषामा यात्रु ओसार्ने एम्बुलेन्सलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

जनकपुरधाम- धनुषामा यात्रु ओसार्ने एम्बुलेन्सलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार जनकपुरधामस्थित पुलचोकबाट यात्रु ओसार्ने बटेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो।

ज १ च १६२५ नम्बरको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसहित नियन्त्रणमा लिइएको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

यात्रुसँग १६ हजार ५०० रुपैयाँ लिएर जनकपुरको पुलचोकबाट झापाको विर्तामोड जाँदै गर्दा सूचनाको आधारमा धनुषाको ढल्केबरबाट पक्राउ गरिएको न्यौपानेले बताए।

चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ भने यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: May 16, 2021| 15:05 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।