काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन भएपछि असन्तुष्ट माधव झलनाथ पक्ष छलफलमा जुटेको छ।
अहिले स्थायी कमिटीका सदस्यहरु भर्चुअल माध्यमबाट छलफल गरिरहेका छन्। छलफलमा सहभागी एक नेताले कार्यदलको तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताए।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवै तर्फका पाँच-पाँच जना रहने गरी कार्यदल बनाइएको थियो।
कार्यदलमा ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन्।
त्यस्तै माधव झलनाथ पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन्।