बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायी सर्वोच्च अदालतमा

प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायी सर्वोच्च अदालतमा

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको शपथ बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको शपथ बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन्।

प्रधानमन्त्री ओलीले वैशाख ३१ गते पद तथा गोपनियताको शपथ लिने क्रममा प्रतीज्ञा गर्दछुु भन्ने राष्ट्रपतिले उच्चारण गरेको शब्द त्यो पर्दैन भन्दै उच्चारण गरेका थिएनन्। 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग तथा अधिवक्ता विरभद्र जोशी, सन्तोष भण्डारी र रामबहादुर शाही रिट लिएर सर्वोच्च गएका हुन्। 

‘राष्ट्रपतिले शपथको ढाँचाबमोजिम शपथ वाक्यांश जे जस्तो पढ्नु हुन्छ सोही बमोजिम नै प्रधानमन्त्रीले शपथग्रहण गर्नुपर्ने हुन्छ। शपथको ढाँचालाई तलमाथि फेरबदल गर्न पाइँदैन। यसो भयो भने संविधान, संविधानवाद, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रप्रतिको निष्ठामाथि नै मानमर्दन हुन पुग्दछ,’ रिटमा भनिएको छ। 

‘प्रतीज्ञा गर्दछु भनेर बारम्बार उच्चारण गर्दा पनि त्यो पर्दैन भनेर प्रधानमन्त्रीले संविधान र कानुन नै मान्न खोजेको देखिएन,’ अधिवक्ता विरभद्र जोशीले भने,‘त्यो शपथ बदर गरियोस् भनेर हामीले भनेका छौं।’ उनले शपथ सम्बन्धी संघीय कानुनसमेत नबनेको भन्दै त्यो बनाउनका लागि पनि आदेश जारी गर्न माग गरिएको जानकारी दिए।

त्यस्तै संघीय संसदको सदस्य नभएको व्यक्तिलाई पटक पटक मन्त्री बनाउने काम भइरहेकाले त्यो पनि बदर गरियोस् भनेर कानुन व्यवसायीहरुले रिट निवेदनमा उल्लेख गरेका छन्।
 

प्रकाशित: May 16, 2021| 12:38 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।