बुधबार, भदौ १०, २०८३

आईसीयू र भेन्टिलेटरमा १,६९३ संक्रमित

कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू तथा भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू तथा भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबार १ हजार ३१३ जना आईसियूमा र ३८० जना भेन्टिलेटरमा गरी १ हजार ६९३ जना बिरामी उपचाररत छन्। 

सबैभन्दा धेरै बागमती प्रदेशमा ५८४ जना आईसियुमा र २३० जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा १७६ जना आईसियुमा र ४७ जना भेन्टिलेटरमा, प्रदेश २ मा १८८ जना आईसियुमा र ४८ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा ९८ जना आईसियुमा र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १२२ जना आईसियुमा र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ९६ जना आईसियुमा र ८ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ४९ जना आईसियुमा र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: May 16, 2021| 11:57 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।