पोखरा– कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा एकैदिन २८ जनाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मृत्यु हुनेमा ९ जना कास्कीका र ७ जना स्याङ्जाका छन्।
त्यसैगगरी तनहुँका ३ जना, नवलपरासी, लमजुङ र वागलुङका दुई–दुई जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । यसैगरी मुस्ताङ, म्याग्दी र गोरखाका एक–एक जनाले कोरोनाका कारणबाट ज्यान गुमाएका छन्।
मृत्युसँगै गण्डकीमा संक्रमितको संख्या पनि दिनानुदिन बढिरहेको छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ७ सय ७७ जना नयाँ संक्रमित फेला परेका छन्। तीमध्ये सबैभन्दा धेरै कास्कीका ३ सय ८७ रहेका छन्। त्यस्तै वागलुङमा ९९ र पर्वतमा ९२ जना नयाँ संक्रमित थपिएका हुन्।