काठमाडौं–नेपालमा पछिल्लाे २४ घण्टामा ७ हजार ३६८ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ। यस्तै १४५ जना संक्रमितको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार १९ हजार ५३९ जनाको पीसीआर र ३४४ जनाको एन्टिजेन परीक्षण गरिएकाेमा ७ हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको हो। सात हजार ३१६ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५२ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
आज १४५ जना संक्रमितको मृत्यु मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६ हजार ६४८ छ। हालसम्म संक्रमितमध्ये ७४.६ प्रतिशत निको भएका छन्। आज सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ छ।