बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनबाट आएको ४०० थान अक्सिजन सिलिन्डर १३ वटा अस्पताललाई

चीनबाट आएको ४०० थान अक्सिजन सिलिन्डर १३ वटा अस्पताललाई

गएको शुक्रबार चीनबाट आएको ४०० थान अक्सिजन सिलिन्डर १३ वटा अस्पताललाई वितरण गरिएको छ। 
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– गएको शुक्रबार चीनबाट आएको ४०० थान अक्सिजन सिलिन्डर १३ वटा अस्पताललाई वितरण गरिएको छ। 

चीनबाट अनुदानमा आएका ती सिलिन्डर स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पतालहरुमा पठाइएको हो। सिलिन्डर वितरणको जिम्मा स्वास्थ्य सेवा विभागलाई दिइएको छ।

प्राप्त ४०० थान सिलिन्डरमध्ये अस्पताललाई ५०, वीरलाई ५०, सशस्त्र प्रहरी अस्पताललाई २५, सिभिललाई ४०, त्रिवि टिचिङलाई ५०, किस्ट, काठमाडौं मेडिकल र नेपाल मेडिकल कलेजलाई २०–२०, किर्तिपुर आयुर्वेदिक केन्द्र र मनमोहन अस्पतालाई पनि २०–२०,  लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ४५ र सेती प्रादेशिक अस्पताल धनगढीलाई ३५ थान उपलब्ध गराइएको छ।

प्रकाशित: May 16, 2021| 10:05 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।