बुधबार, भदौ १०, २०८३

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

नेकपा (एमाले)ले पार्टीभित्र चर्किएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– नेकपा (एमाले)ले पार्टीभित्र चर्किएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ।

पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भएको वार्तापछि दुवैतर्फका ५–५ जना रहने गरी १० सदस्यीय कार्यदल गठन भएको हो। नेता नेपालले आफूले सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा रहेर छलफल हुने बताए। 

उनका अनुसार ओली पक्षबाट कार्यदल संयोजक उपनेता सुवास नेम्वाङ छन् भने सदस्यहरुमा उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।

माधव नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा कार्यदल गठन भएको छ। सदस्यहरुमा उपमहासचिव घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। 

‘मैले वार्ता टोलीलाई तीन दिनको समय दिन भनेँ, प्रधानमन्त्रीले केही दिन समय बढाउँ भन्नुभएको छ,’ नेपालले भने, ‘वार्ता टोलीले नै आवश्यक निर्णय गर्छ।’

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन्। आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तापछि छोटो प्रतिक्रिया दिँदै ओलीले पार्टीभित्रको विवाद समाधान उन्मुख भएको बताएका हुन्।  
 

प्रकाशित: May 16, 2021| 09:48 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।